No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भैरहवा पुगेर पूर्वराजाले भने-देश हामीले नै बनाउने हो, विदेशीले होइन

0

भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अहिलेको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन् । बिहीबार भैरहवामा आफ्नो अभिनन्दनका लागि आयोजित कार्यक्रममा पूर्व राजा शाहले आफू कतै अन्त गएको नगएको र सबै नेपालीको साथमा रहेको बताएका हुन् ।

उनले आफूलाई देश बचाउन आग्रह गरेको सुनेको बताए । उनले भने, ‘म कतै गएको छैन । सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु । नेपालीहरुको सुख–दुःख, सुविधा, असुविधा, बाधा–पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।’

उनले अब सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार पारेर देश बनाउनुपर्ने बताए । उनले भने, ‘त्यसैले म भन्दछु, आउँ अब हामी सबै एकै ठाउँमा उभियौँ अनि सोचौं र सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौँ। देश हामीले नै बनाउने हो – हाम्रै श्रोतसाधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो ।’

पूर्वराजा शाहले नेपालको अस्तित्वमाथि खिया लाग्दै गइरहेको बताए । उनले भने,’हाम्रा बुढापाका, अनुभवीहरुको विचार भन्नु पर्दा हाम्रो राष्ट्रकोअस्तित्वमाथि आज खिया लाग्दै गइरहेको छ – हामी झन् परावलम्बी, परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौँ। हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन।’

 

प्रकाशित: १९ पुष २०८०, बिहीबार ११:११

Leave a Reply