No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युक्रेन र रसियाको श्रम स्वीकृति रोक्ने सरकारको निर्णय

0

काठमाडौं । सरकारले रसिया र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । वैदेशिक रोजगार विभागले बिहीबार सूचना जारी गरी रसिया–युक्रेनबीच जारी युद्धका लागि नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भइरहेको भन्दै दुई देशमा श्रम स्वीकृतिमा रोक लगाएको जनाएको छ ।

विभागले भनेको छ, ‘रुसी सेनामा गएर नेपालीहरु मृत्यु भएको खबर आइरहेको छ । यस विषयमा अध्ययन तथा छानबिन पनि भइरहेकाले हाललाई श्रम स्वीकृति रोकेका छौं ।’

प्रकाशित: १९ पुष २०८०, बिहीबार ११:५८

Leave a Reply