No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रियसभाको उम्मेदवार चयन गर्न एमालेको सचिवालय बैठक बस्दै

0

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बेलाइएको छ । राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेका थिए । नेकपा एमालेले राष्ट्रियसभामा आफूहरुलाई शून्य नबनाउन प्रधानमन्त्री प्रचण्डसँग प्रस्ताव गरेका छन् । एमालेको प्रस्तावमाथि सत्ता गठबन्धनमा छलफल भएपनि यसबारे कुनै निर्णय भएको छैन । बैठकमा यसबारे पनि छलफल हुने बताइएको छ ।

प्रकाशित: २० पुष २०८०, शुक्रबार ०२:३२

Leave a Reply