No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सर्लाहीमा नगर अस्पताल संचालनका विषयमा विवाद हुँदा भएको झडपमा एक जनाको मृत्यु

0

सर्लाही । सर्लाहीमा नगर अस्पताल संचालनको विषयलाई लिएर भएको झडपमा एकजनाको मृत्यु भएको छ । सर्लाहीको बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा शुक्रबार झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का अन्दाजी ३० वर्षीय जयशंकर साहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

नगर अस्पताल मधेस प्रदेशलाई हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको थियो । उनको टाउकोमा गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीयले शुक्रबार नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीले रोकेको थियो।

स्थानीयलाई प्रहरीले रोकेपछि झडप भएको हो । त्यसक्रममा आन्दोलनकारीले नगरपालिका कार्यालयमा ढुंगामुढा गरेको थिए भने प्रहरीको गाडीमा आगजनीसमेत गरेका थिए ।

प्रकाशित: २० पुष २०८०, शुक्रबार ११:१२

Leave a Reply