No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रियसभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने एमालेको निर्णय

0

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा रिक्त सबै सिटमा उम्मेदवारी दिनेभएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले रिक्त रहेका १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले त्यसका लागि सातवटै प्रदेशबाट कम्तिमा तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिइएको बताए । आन्दोलनमा योगदान गरेका नेता–कार्यकर्तालाई प्राथमिकता राख्ने उनले बताए । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयन हुँदैछ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रियसभा निर्वाचनमा शून्य नबनाउन प्रस्ताव गरेको विषय सार्वजनिक भइसकेको छ । एमालेलाई कति सिट दिने विषयमा सत्ता गठबन्धनले टुंगो लगाएको छैन ।

यसैगरी बैठकले ६ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ । बैठकले तुल्सीप्रसाद न्यौपाने, रामअवतार यादव, केशवराज पाण्डे, बिनोद शाह र दामोदार भण्डारीलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ ।

यस्तै बैठकले झापा जिल्ला अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनीत गरेको छ । मनोनीतमध्ये कार्कीबाहेक प्रदेश अध्यक्षको जिम्मेवारीमा थिए । महासचिव पोखरेलले प्रदेश नेतृत्वमा रहेका ५ जना र लामो समय झापा जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका एक जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको जानकारी दिए ।

प्रकाशित: २० पुष २०८०, शुक्रबार १२:१४

Leave a Reply