No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ललितपुरको सिडिओमा श्रेष्ठ र प्रहरी प्रमुखमा शेखर खनाल

0

काठमाडौं । ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुल्सीबहादुर श्रेष्ठलाई ल्याइएको छ । गृह मन्त्रालयले शुक्रवार श्रेष्ठलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा ल्याएको हो ।

त्यस्तै ललितपरको प्रहरी प्रमुखमा एसएसपी शेखर खनाललाई ल्याइएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ ।

गत शुक्रवार भएको बालकुमारी घटनालाई लिएर गृह मन्त्रालयले ललितपुरका प्रजिअ रुद्रप्रसाद पण्डितलाई मन्त्रालय र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता गरेको थियो ।

प्रकाशित: २० पुष २०८०, शुक्रबार १४:३७

Leave a Reply