No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्थानीय निकायका पदाधिकारीको जिम्मामा प्रहरी चलाउने दायित्व गयो भने के हविगत होला ?

0

जेपी गुप्ता ।
प्रादेशिक प्रहरी गठनको माग मधेस प्रदेशको सरकारले गरिरहेको छ। अहिले प्रहरीको प्रादेशिक संरचना बनेको छ। तर, पदस्थापन, सरूवा, खटन–पटन र आदेश संघीय गृह मंत्रालयले चलाउने गरेको छ । यता मधेस प्रदेशमा स–साना विरोधको नाममा निरपराध मानिसहरू प्रहरीको गोलीबाट मारिदैछन् । सडक बनाउने माग गर्नेहरू, अस्पतालको स्तरोन्नतिका लागि, कार्यालयहरू सार्ने बिरोधमा प्रहरीको गोलीबाट मारिदैंछन् । साता नबित्दै बारा पछि सर्लाहीमा दोस्रो घटना भयो। यही प्रकृतिको घटना गतवर्षहरूमा रौतहट, बारा, सर्लाही र सिरहा जिल्लाहरूमा भैसकेको छ ।

यस्ता घटनाहरूको तत्कालिन कारण भने स्थानीय निकायका प्रमुखहरूको सुरक्षाका लागि हो भने देखिन्छ । नगरपालिका, गाउँपालिका प्रमुखहरू गोदाममा मल तथा बीऊ थुपारेर राखेका हुन्छन् । स्वेच्छाचारी रूपमा अस्पतालको नाम बदल्न चाहेका हुन्छन् । वडा कार्यालयहरू सारेका हुन्छन् । यस्ता सामान्य कुराहरूमा स्थानीय जनतासंग बिमर्श गरिँदैन । विरोघ हुन्छ, तालाबन्दी गरिन्छ, मेयर तथा प्रमुखहरूको घेराउ गरिन्छ । उनको प्रतिरक्षाका लागि भनेर प्रहरी हदैसम्मको हतियार कारबाही गर्छ, गोली चलाउँछन्, निर्दोष मानिसहरू मारिएका कयौं उदाहरणहरू आइरहेको छ ।

संघीय सरकार प्रहरीको मनोवल खस्कन नदिन कुनै कारबाही गर्दैन । स्थानीय निकायका प्रमुख, मेयरहरू आफ्नो विरोधको यही परिणाम हुने अहंकार देखाउँछ । यदि साँच्चै यी पदाधिकारीहरूको जिम्मामा प्रहरी चलाउने दायित्व गयो भने के हविगत पार्लान यिनीहरूले ? कुनै न कुनै पक्षले त ध्यान देओस् यस्ता घटनाहरूका उपर । सर्लाहीको बरहथवामा यस्तै एक घटनामा सडकमा हिँडिरहेका असरोकारका एक मेडिकल छात्रको हत्या गरिएको छ ।

प्रकाशित: २१ पुष २०८०, शनिबार ०३:२८

Leave a Reply