No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ध्यानलाई धर्मसँग होइन, विज्ञानसँग जोडेर हेर्नुपर्छः गृहमन्त्री श्रेष्ठ

0

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा ’ध्यानद्वारा उर्जा जागरणको एक दिवसीय कार्यशाला’ सुरु भएको छ । प्रहरी संगठनसहित गृह मन्त्रालय मातहतका निकायमा योगाभ्यास, प्राणायाम र उर्जाध्यानको संस्कृति स्थापित गर्ने अभियान अन्तर्गत नै यो कार्यशाला सुरु भएको हो । कार्यशालामा प्रशिक्षक रमेश नेपालले दुईसय भन्दा बढी प्रहरीलाई योगाभ्यास सिकाउनेछन् ।

शनिबार दिनभरी चल्ने कार्यशालाको उद्घाटन उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरे । त्यसक्रममा उनले ध्यानलाई धर्मसँग होइन विज्ञानसँग जोडेर हेर्नुपर्ने, स्वजागरणका रुपमा हेर्नुपर्ने र आफुलाई चिन्न, बदल्न, असल बन्न तथा स्वच्छ बन्न यो आवश्यक हुने बताए । पूर्वीय सभ्यताको रूपमा स्थापित ध्यानलाई हाल पश्चिमाले समेत अनुसरण गर्न थालेको उनले बताए ।

प्रतिष्ठानका प्रमुख एवम एआइजी सन्दीप भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यशालामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवर सहितका प्रहरी अधिकारीहरूको सहभागिता छ।

प्रकाशित: २१ पुष २०८०, शनिबार ०४:२५

Leave a Reply