No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राज्यमा सबैको पहुँच नै राष्ट्रिय एकता हो

0

डा. युवराज संग्रौला ।

म जात मान्दिन । मेरो एउटा मात्र जात हो । इतिहासमा मेरो सम्बन्ध सिंजा सभ्यता वा खस आर्य सभ्यतासँग छ । तर म जन्मे पाँचथरमा । त्यसैले मेरो वर्तमान सभ्यता किराँत हो ।

१. नेपाल कुनै एउटा जातको देश होइन, पृथ्वीनारायणले महसुस गरेको कुरा हामीले पनि सम्झना राख्दा हुन्छ।

२. देशमा जातीको कुरा उठाएर विभाजन गर्नेका तमासा धेरै छन् । न्यायाधीशको नियुक्ति हेर्दा देखियो, कानुन बाहुनले मात्र पढेका छन् ।

३. यो देशको न्याय प्रणालीको जग हाल्ने किराँत हुन् । कानुन राइ, लिम्बू, नेवार, मगर, गुरुङ, तामाङले पनि पढेका छन् । महिला पनि छन् । मेरा जिद्यार्थीको प्रश्न छ ‘के बाहुन लोग्ने मानिस हुनु पनि न्यायाधीश हुने एउटा योग्यता हो?’ के उत्तर दिउँ । बारका न्याय परिषद सदस्य त किराँती नेवार थिए । किन न्यायपालिकालाई समावेशी बनाउने सोच आएन छ ?

४. देशमा फेरि जातिवाद उराल्ने प्रयास भैरहेको छ। एकता विना देश बाँच्दैन। यो देशमा ६ वटा सभ्यता जन्मिए । सिंजा, मगरात, नेवा, मिथिला, किराँत र थारु । मलाई यी छ सभ्यता भएको देशको नागरिक हुन गौरव लाग्छ । यो देशको प्रमाणित इतिहास ३९०० वर्षको छ। अहिलेसम्म यी सभ्यता मिलेर बसेका छन्, एक अर्काबाट लेनदेन गरेका छ । तर आहिले केही विदेशीका एजेन्ट र केही बाहुनको मात्र देश बनाउन चाहनेहरु देश भत्काउन सक्रिय छन् ।

म नेपाली हुँ । मेरा पुर्खा सिंजाली थिए । मेरो वंश खस आर्य हो । मेरा पुर्खाको धर्म वैदिक सनातन हो । मेरो भाषा जनताको पाली भाषाको विकसित रुप हो। अहिले म किरात सभ्यताको उपज हुँ । म जातले खस आर्य हुँ, सभ्यताले किराँत । मलाई यो देशको एकता चाहिएको छ। राज्यमा सबैको पहुँच नै राष्ट्रिय एकता हो ।

 

प्रकाशित: २१ पुष २०८०, शनिबार ०४:४७

Leave a Reply