No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले एमालेसँग सहकार्य नगर्ने

0

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनले नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनभित्रकै दलबीच भागवण्डा गरेर जाने समझदारी गरेको हो ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रियसभा निर्वाचनका लागि एमालेसँग सहमतिको सम्भावना सकिएको बताए । उनले अब गठबन्धनका दलहरुबीच सिटको बाँडफाँट हुने बताए । देशभरको मतभारका आधारमा दलहरुबीच सिट बाँडफाँट हुने उनले बताए ।  सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि आजै अपरान्ह ४ बजे छलफल हुने उनले जानकारी दिए ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई भेटेर आफूहरुलाई राष्ट्रियसभामा जिरो नबनाउन आग्रह गरेको खबर बाहिर आएको थियो । त्यस्तै एमालेले ६ सिटको दाबी पनि प्रस्तुत गरेको थियो । तर शुक्रबार बसेको एमालेको सचिवालय बैठकले १९ सिटमै उम्मेदवार उठाउने निर्णय गरेको छ ।

प्रकाशित: २१ पुष २०८०, शनिबार ०७:४२

Leave a Reply