No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एशियन कप फुटबलमा अष्ट्रेलिया विजयी

0

काठमाडौं । कतारमा जारी एफसी एशियन कप फुटबलमा अस्ट्रेलिया विजयी भएको छ । शनिबार भएको खेलमा कतारले भारतविरुद्ध २–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अस्ट्रेलियाले दुवै गोल दोस्रो हाफमा गरेको हो । ५० औं मिनेटमा अस्ट्रेलियाले अग्रता बनाउन सफल भयो । भारतीय गोलकिपर गुरप्रित सिंह सन्धूले गल्ती गर्दा त्यसको फाइदा उठाउँदै ज्याक्सन इरविनले गोल गर्दै अग्रता दिलाएका थिए ।

७३ औं मिनेटमा अस्ट्रेलियाका जाडोन बोसले रेलि म्याकेग्रीको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट थप गोल नभएपछि अस्ट्रेलिया २–० को जितका साथ प्रतियोगितामा सुखद् सुरुवात गर्न सफल भयो ।

अस्ट्रेलियन टिम भारतविरुद्ध सुरुदेखि नै हावी भए पनि भारतीय कप्तान सुनिल क्षत्रीले १६ औं मिनेटमा गरेको हेडर पोस्टभन्दा बाहिर गएको थियो ।

जितपछि समूह बीमा अस्ट्रेलिया ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने भारत पुछारमा रहेको छ । आजै यो समूहका उज्वेकिस्तान र सिरियाबीचको खेल राति सवा ९ बजे सुरुहुने छ ।

 

प्रकाशित: २८ पुष २०८०, शनिबार १५:१७

Leave a Reply