No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

१२ अंकले घटेको नेप्सेमा झण्डै दश अर्बको कारोबार

0

काठमाडौं । मंगलबार ५४ अंकले बढेको शेयर बजार नेप्से बुधबार भने घटेको छ । बुधबार नेप्से १२ दशमलव १० अङ्कले घटेर २ हजार १ सय ६३ दशमलव ०६ विन्दुमा झरेको छ ।

आज बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

इस्टर्न हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन आज ग्लोबल आईएमई लघुवित्त, नेपाल वेयरहाउजिङ र हिमालयन रिइन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ३ करोड ३५ लाख कित्ता शेयर ९ अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम झन्डै साढे २ वर्षयताकै उच्च हो । यसअघि विसं २०७८ भदौ २१ गते ९ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६५ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित: ३ माघ २०८०, बुधबार ०९:५०

Leave a Reply