No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जिपी कोइराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमिरे न्यूयोर्कमा सम्मानित

0

न्यूयोर्क । जिपी कोइराला फाउन्डेशन अमेरिकाका पहिलो नेपाली अमेरिकन अध्यक्ष सोमनाथ घिमिरेलाई न्यूयोर्कमा सम्मान गरिएको छ । न्यूयोर्कको जमैका हिलसाईडस्थित ताजमहल पार्टी प्यालेसमा अमेरिकाकै साउथ ऐसियन समुदायको सबैभन्दा पुरानो न्यु–अमेरिकन डेमोक्रेटिक क्लब, न्यु अमेरिकन युथ फोरम र न्यु अमेरिकन ओमेन्स फोरमद्वारा संयुक्तरूपमा आयोजित विशेष कार्यक्रममा घिमिरेलाई सम्मान गरिएको हो ।

घिमिरेलाई ‘साउथ एशियन एक्टिभिष्ट अफ द एअर’ शीर्षकमा सम्मानित गरिएको थियो । घिमिरेले फाउन्डेशनमार्फत समाजमा पुर्याएको योगदान र अमेरिकामा दक्षिण एसियाली समुदायमा शान्ति र प्रगतिको साथ विविधतामा एकताको पुल निर्माण गरेकोमा उच्च कदर गर्दै उनलाई सम्मानित गरिएको आयोजक संस्थाका अध्यक्षहरू मोर्सद आलम, रूवीयन रहमन र आहानाफ आलमले बताए ।

अध्यक्ष घिमिरे पश्चिम अफ्रिकी देश घानामा मानवीय पुरस्कार ग्लोबलले सम्मान गरेपछि यो सम्मान पाउने पहिलो नेपाली अमेरिकन हुन् । अमेरिकी संसदका लागि न्युयोर्कबाट निर्वाचित कांग्रेसमेन ग्रेस मिंगले घिमिरेलाई छुट्टै सम्मानपत्रद्वारा सम्मानित गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी कंग्रेस ओमेन ग्रेस मींग न्युयोर्कका सिनेटर जोन लु, लेरोय काम्री, न्युयोर्कका ऐसेम्बली मेम्बर क्रमशः स्टिभन रागा, जोहरन मम्दानी र अलिसीया हाईन्डमान, न्यु–योर्क शहरको काउन्सिल मेम्बर क्रमशः शेखर कृष्णन, लिण्डा लि र सान्ड्रा आगं लगायत दर्जनौं निर्वाचित पदाधिकारिहरूको उपस्थिति रहेको थियो ।

अमेरिकी नेपाली, वंगलादेशी, भारतीय, पाकिस्तानी, श्रीलंकन भुटानी, अफगानी र गायनीज लगायत दक्षिण एशियाली मुलुकका समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको जमघटबीच संचालित कार्यक्रममा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता रामचन्द्र अधिकारी, सदस्यहरू राजीव बतास, शेखर कार्की, गीता अधिकारी, कवि र साहित्यकार कमला प्रसाईं, बाल कवि कविन बिक्रम शाह, समाजसेवीहरू कमला पन्त, किरण पौडेल, पूर्वसांसद विजुल विश्वकर्मा, वरिष्ठ कलाकारहरू नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष नीशा सुनार, नेपाली अमेरिकन कलाकार संघकी वरिष्ठ उपाध्यक्ष वसन्ती राई, वरिष्ठ लोक गायिका संगीता थापामगर, वरिष्ठ लोक गायक बिमल डाँगी, वरिष्ठ हास्यकलाकार महादेव त्रिपाठी, १८ औं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स विजेता पार्कर दिनेश सुनार, गायक सुवर्ण शाक्य लगायत दर्जनौं नेपाली समाजिक अभियन्ता तथा कलाकारहरूको उपस्थिति रहेको थियो। फिलिपिनो नृत्य र नेपाली नृत्य एवं प्रहसनद्वारा कलाकारहरूले उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन दिनुका साथै नेपालको मौलिक कला र संस्कृतिले कार्यक्रमलाई थप रोमाञ्चक बनाएको थियो ।

प्रकाशित: ४ माघ २०८०, बिहीबार १४:५६

Leave a Reply