No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पहिचान पक्षधरसँग वार्ताका लागि समिति गठन

0

विराटनगर । कोशी प्रदेश सरकारले आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा वार्ता समिति गठन गरेको हो ।

समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले जानकारी दिए । प्रदेशसभा बैठकले फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ पारित गरेदेखि पहिचान पक्षधरले प्रदेश १ पुनः नामकरण संयूक्त संघर्ष समिति गठन गरी आन्दोलनरत छन् ।

आन्दोलनका क्रममा आन्दोलनरत पक्षका पदम लिम्बूको मृत्यू हुनुका साथै आन्दोलन गर्दै आएका छन् । मुख्यमन्त्री केदार कार्कीले पहिचान पक्षधरको माग र मुद्दा सम्बोधनका लागि पहिचान कायम गर्न खुवालुङ, तुवाचुङ, फाल्गुनन्द, आत्मानन्द क्षेत्रको विकासका साथै फाल्गुनन्द भाषा संस्कृति संरक्षण प्रतिष्ठान गठन गर्ने चालू आर्थिक वर्षको बजेटमा व्यवस्था गरेका छन् ।

प्रकाशित: ६ माघ २०८०, शनिबार ०८:०८

Leave a Reply