No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संसदीय अंकगणितमा ठूलो परिवर्तन भई तुरुन्तै सरकार ढल्ने संभावना छैनः प्रदीप ज्ञवाली

0

चितवन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यो सरकारका कारण देशको बाह्य सम्बन्ध बिग्रिएको आरोप लगाएका छन् । प्रेस चौतारीले चितवनको भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले सरकारका कारण नेपालको स्वतन्त्र, असंलग्न, सन्तुलित नीतिमाथि गम्भीर बिचलनहरु उत्पन्न भएका आरोप लगाएका हुन् ।

उनले भने, ‘सत्ता टिकाउनका निम्ति जस्तोसुकै शक्तिहरु, पक्षहरुसँग पनि सौदाबाजी गर्ने सरकारको नीतिले गर्दा हाम्रो बाह्य सम्बन्ध र राष्ट्रहितमाथि आघात पुगेको छ ।’

उनले सरकार देशको लागि बोझ भइसकेको तर पनि तत्कालै ढाल्नसक्ने अवस्था पनि नभएको बताए । उनले भने, ‘सरकारका बस्ने केही सीमित व्यक्ति बाहेक यो सरकारसँग कोही सन्तुष्ट छैन। सत्ता गठबन्धनकै मान्छे सन्तुष्ट छैनन्। कांग्रेसको ठूलो हिस्सा, माओवादीको तल्लो तहका कार्यकर्ताहरुले सरकारको डिफेन्स गर्न छाडेका छन् । यति हुँदाहुँदै पनि सरकार बदल्ने बाटो भनेको संसदभित्रको संरचना हो । संसदीय अंकगणितमा ठूलो परिवर्तन भइहाल्ने र तुरुन्तै सरकार परिवर्तन भइहाल्ने त्यस्तो संभावना म देख्दिनँ।’

उनले १० हजार मेगावाट विद्युत् बिक्री गर्ने नाममा मेचीदेखि महाकालीसम्मका ठूला नदीहरु भारतलाई होल्ड गर्न दिन लागिएको र भारतीय दुतावासले गर्नसक्ने लगानी बढाएर स्थानीय तहलाई आफ्नो देशमाभन्दा बढी अर्को देशमा निर्भर हुने अवस्था सिर्जना गर्न खोजिएको भन्नै आपत्ति जनाए ।

प्रधानमन्त्री, मन्त्री स्वयम् सामाजिक सम्बन्धहरु, धार्मिक सद्भाव खलबलाउन लागिपरेका भन्दै ज्ञवालीले ‘गठबन्धन सरकारको विरुद्ध हस्तक्षेप गर्न एमालेले सातै प्रदेशबाट आन्दोलन सुरु गर्ने बताए ।

प्रकाशित: ७ माघ २०८०, आईतवार ०६:१३

Leave a Reply