No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आयोजक सहारालाई हराउदै थ्री स्टार आहारारा गोल्डकपको क्वाटरफाइनलमा

0

पोखरा । आयोजक सहारा क्लबलाई हराउदै थ्री स्टार क्लब आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेको छ ।

मंगलबार भएको खेलमा थ्रीस्टारले सहारा क्लबलाई २–१ गोलले हराउदै अन्तिम ८ अन्तिममा पुगेको छ । थ्री स्टारलाई जिताउन एञ्जल मर्हजनर र योगेश गुरुङ गोल गरे । सहाराका आशिष गुरुङले १ फर्काए थिए । योगेशको गोलमा पाँचौं मिनेटमा अग्रता लिएपनि २३ औं मिनेटमा आशिषले बराबरी गोल गरे । लक्ष्मण रुचालको फ्रिकिकमा आशिषले हेड मार्फत गोल गरे ।

५९ औं मिनेटमा एन्जलले गोल गर्दै थ्री स्टारलाई फेरी अग्रता दिलाए । सो गोल नै निर्णायक गोल बन्यो । प्रतियोगितामा बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितो उद्घाटन पोखरा महानगरका मेयर धनराज आचार्यले गरेका थिए ।

सोही अवसरमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट आयुष घलानलाई सम्मान गरे । उनलाई नगद ५० हजार ५ रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान गर्दै मेयर आचार्यले सम्मान गरे ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले बर्सेनि सम्मान गर्दै आएको छ ।

कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष एवं क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङको यो पुरस्कारको प्रायोजन गरेका छन् । २०७४ सालदेखि हालसम्म भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट र अनन्त तामाङ सम्मानित भइसकेका छन् ।

प्रकाशित: ९ माघ २०८०, मंगलवार १३:०३

Leave a Reply