No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पार्किङ निषेधको विरोधमा न्यूरोडका व्यवसायी दोस्रो दिन पनि आन्दोलनमा

0

काठमाडौ । न्यूरोड क्षेत्रमा काठमाडौ महानगरपालिकाले पार्किङ निषेध गरेपछि त्यसको विरोधमा उत्रिएका व्यवसायीले दोस्रो दिन बुधबार पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनीहरु पसल बन्द गरेर विरोधस्वरुप सडकमा उत्रिएका छन् ।

महानगरले मंगलबारदेखि लागुहुनेगरी धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएको थियो ।

त्यसको विरोधमा व्यापारीले स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर आन्दोलन थालेका हुन् । आफूहरुसँग परामर्श नगरी महानगरले पार्किङ निषेधको निर्णय लादेको उनीहरुको गुनासो छ ।

प्रकाशित: १० माघ २०८०, बुधबार ०७:४५

Leave a Reply