No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मेडिकल काउन्सिलका अध्यक्षलाई सांसद श्रेष्ठको प्रश्नः गंगालालमा चार बिरामीको मृत्युलाई सहज मानिएको हो ?

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेपालमा भ्रुण हत्याकाबारेमा नेपाल मेडिकल काउन्सिलको धारणा माग्दै पत्र लेखेकी छन् । बुधबार सांसद श्रेष्ठले मेडिकल काउन्सिललाई पत्र लेख्दै हरेक १०० केटी बच्चाको अनुपातमा ११२ केटा बच्चा जन्मिने तथ्याङ्क सन् २०२२को जनगणनाले देखाउनुले लिङ्गभेदी भ्रुण हत्या भैरहेको बारे नेपाल मेडिकल काउन्सिलले लिएका कदमबारे जानकारी माग गरेकी हुन् ।

त्यस्तै उनले एक वरिष्ठ चिकित्सक रामेश कोइरालाले चार बिरामीको उपचारको क्रममा मृत्युलाई ‘सहज मान्दियौ’ भनेको सन्दर्भमा नेपालमा अस्पतालहरूमा बिरामीको मृत्यु पश्चात कारण खोज्ने प्रकृयाकाबारेमा पनि जानकारी मागेकी छन् । गंगालाल हृदय केन्द्रका चिकित्सक डा. रामेश कोइरालाले सामाजिक सञ्जालमा उल्लेख गरेको एक चिकित्सकले शल्यक्रिया गरेका चारैजना बिरामीको मृत्युलाई आफूहरूले सहज मानिदिएको भन्दै भन्दै लेखेका थिए ।

सांसद श्रेष्ठले काउन्सिललाई प्रश्न गरेकी छन्, ‘स्वास्थ्यकर्मीको लापरवाहीले गर्दा बिरामीको स्वास्थ्य वा जीवन तलमाथि पर्न गएको भनेर बिरामी पक्ष र स्वास्थ्यसंस्थाबीच विवाद हुँदा नेपाल मेडिकल काउन्सिलले कथित लापरवाही भएको हो वा होइन भनेर निर्क्यौल गर्ने भूमिका के ?’

 

 

प्रकाशित: १० माघ २०८०, बुधबार ०९:४०

Leave a Reply