No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

माओवादीसँग पार्टी एकताको प्रस्ताव राखोस् काङ्ग्रेस नेतृत्वले !

0

केशवप्रसाद भट्टराई ।
नेपाली काङ्ग्रेसको स्थापना दिवशको सन्दर्भमा नेपाली काङ्ग्रेस र माओवादीको एकीकरणको प्रस्ताव राखोस काङ्ग्रेस नेतृत्वले । माओवादीलाई काङ्ग्रेसले भोट दिन मिल्छ । माओवादीको भोट खाएर सांसद, मन्त्री प्रधानमन्त्री बन्न पनि हुन्छ । सँगै सरकारमा बस्न मिल्छ ।

प्रचण्डलाई सरकारको नेतृत्व दिन पनि सकिन्छ । उही संविधान दुवै दलका आदर्श, उही संविधान रक्षामा दुवै समूह्को समान निष्ठा र प्रतिवद्धता भैसकेपछि, संविधानले मार्गदर्शन गरेका व्यवस्थामा दुवै समूह्को समान आस्था रहेपछि, राजनीतिक सिद्धान्तका प्रचारवाजीका भाषा र शव्दाडम्बरमा जेजे भने–भनिए पनि, राजनीतिक व्यवहारमा, शासन संचालन र पार्टी संचालन, अवशर वितरणका विधि/शैली र संस्कृतिहरूमा यता देउवा, पौडेल, सिटौला, थापा,शर्मा र उता दाहाल, श्रेष्ठ,शर्मा, पुन, गुरूङ आदिमा कुनै भिन्नता नदेखिने र नरहेको अवस्थामा, दुवै दलका सर्दार, सह, उप र सहायक सर्दारहरूको पद र सत्ता स्वार्थको दीर्घकालीन सुरक्षा र सुनिश्चितताको लागि–

नेपाली काङ्ग्रेस र प्रचण्ड नेतृत्वको माओवादीको संयुक्त महाधिवेशनद्वारा पार्टी एकीकरण गरेर पार्टीको नेतृत्व प्रचण्डलाई दिन सकिन्न ? तिमीले माओवादीसँगको एकीकरण सफल पार्न सकेन, हामी काङ्ग्रेसले सक्छौँ भनेर एमालेलाई दखाइदिन पनि यो नगरी हुन्न !आज नेपाली काङ्ग्रेसले आपÞm्नो स्थापना दिवस मनाइरहेको अवसरमा माओवादीसँग पार्टी एकताको प्रस्ताव राखोस काङ्ग्रेस नेतृत्व मण्डलले !

प्रकाशित: १२ माघ २०८०, शुक्रबार ०४:५५

Leave a Reply