No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अफगानिस्तानबाट नेपालले पायो १४६ रनको लक्ष्य

0

काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपालसामु जितका लागि एक सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दक्षिण अफ्रिकामा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा अफगानिस्तानले ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ४५ रन बनायो । अफगानिस्तानका लागि अल्लाह मोहम्मद घनजानफरले सर्वाधिक ३७ रनको योगदान दिए ।

उनले २१ बल खेल्ने क्रममा चार चौका र तीन छक्का हिर्काए । त्यस्तै नासिर खानले ८३ बलको सामना गर्दै तीन चौकाको मघतमा ३१ रन बनाए । फरिदुन दवुदजैले २९ तथा हसन इसाखिलले २० रन बनाए ।

बलिङतर्फ नेपालका आकाश चन्द एक्लैले पाँच विकेट लिए । यस्तै दिपेश कँडेलले दुई तथा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित: १२ माघ २०८०, शुक्रबार ११:२१

Leave a Reply