No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उपसमितिको प्रतिवेदनप्रति तोसिमा कार्कीको पाँच बुँदे असहमति

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिले गठन गरेको उपसमितिको प्रतिवेदनप्रति पाँच बुँदे असहमति राखेकी छन् ।

उपसमितिले चिकित्सा शिक्षा ऐन मर्म विपरीत र नर्सिङका गुणस्तरको मापदण्डमा खलल पुग्ने गरी सुझावहरु दिएकाले आफूले असहमति राखेको कार्कीले उल्लेख गरेकी छन् । सिटीइभिटी र चिकित्सा शिक्षा आयोग बीच पीसीएल नर्सिङ सम्बन्धन, नियमन, मापदण्ड लगायतका विवाद अध्ययन गरी सुझाव दिनका लागि माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा उपसमिति गठन गरिएको थियो ।

उनले सुझाव प्रतिवेदनमा हस्ताक्षर गर्न आफूले अवीकार गरेपनि थप छलफल नै नगरी निर्णय कार्यान्वयनका लागि मन्त्रालय पठाइएको भन्दै असहमति राखेकी छन् । गुणस्तर र प्रयोगात्मक शिक्षाका लागि १०० शय्या र ६० प्रतिशत शय्या अकुपाई भएको आफ्नो अस्पताल हुनुपर्ने राय राखिए पनि उपसमितिले त्यस विपरीत निर्णय लेखेको भन्दै उनले असहमति जनाएकी छन् ।

 

 

प्रकाशित: १५ माघ २०८०, सोमबार ०७:५९

Leave a Reply