No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पूर्वराजासँगको भेटपछि दुर्गा प्रसाईंले भने-धैर्य गर्नुहोला, देशले छिट्टै निकास पाउँछ

0

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान पूर्वराजासँग भेट गरेका प्रसाईंले देशले छिट्टै निकास पाउने बताएका हुन् ।

भेटपछि उनले देशले छिट्टै नरेश पाउने बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘अत्यन्तै अर्थपूर्ण भेट । सपनीमा गोरखनाथ को दर्शन । यसको अर्थ र भविष्यवाणी केलाउनु होला । फागुन १ वसन्तपुरमा भेटौं । देशले छिट्टै नरेश पाउने छ !! आज सपनामा गोरखनाथको दर्शन पाएको छु ।’

त्यस्तै प्रसाईंले अब सहकारी र बैंक पीडित नागरिकले प्रताडित हुनु नपर्ने पनि बताएका छन् । उनले लेखेका छन्, ‘श्री ५ महाराजधिराज सरकारसँगको अर्थपूर्ण भेट। लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरुले र भ्रष्ट नेताबाट प्रताडित देशले छिट्टै निकास पाउनेछ। धैर्य गर्नुहोला।’

प्रसाईँले आउँदो फागुन १ गते काठमाडौँ केन्द्रित कार्यक्रम गर्दै छन् । उनी राष्ट्र बचाउ महाअभियानमार्फत् राजतन्त्र ल्याउनेदेखि लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरुलाई साथ लिएर आन्दोलनमा छन् ।

प्रकाशित: १५ माघ २०८०, सोमबार ०९:४४

Leave a Reply