No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

थ्रीस्टार क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

0

पोखरा । थ्रीस्टार क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लवलाई १–० गोलले पराजित गर्दै थ्रीस्टार फाइनलमा प्रवेश गरेको हो । थ्रीस्टारलाई जित दिलाउन दिपेश घलेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७८ औं मिनेटमा दिपेशले थ्रीस्टारका लागि गोल गरेका हुन् ।

दिपेश थ्रीस्टारका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । खेलको ६६औं मिनेटमा दिपेश आदित्य शाक्यको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले दिपेश आलेको पासमा गोल गरेका हुन् ।

थ्रीस्टारले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । भोली हुने दोस्रो सेमिफाइनल खेलमा विभागीय क्लव त्रिभुवन आर्मी क्लवले ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइजसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

प्रकाशित: १७ माघ २०८०, बुधबार ११:२४

Leave a Reply