No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

न्यायाधीश गिरीविरुद्धको बलात्कार मुद्दामा मिसिल झिकाउने सर्वोच्चको आदेश

0

काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ ।

कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बुधबार उक्त मुद्दामा मिसिल झिकाउने आदेश गरेको हो । रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो ।

उक्त विवादमा काठमाडौँ जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो । सोही आदेशविरुद्ध निजकी श्रीमतीले उच्च अदालत पाटनमा निवेदन दायर गरेकी थिइन् ।

उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेपछि गिरीकी श्रीमती सर्वोच्च अदालतमा पुगेकी हुन् ।

प्रकाशित: १७ माघ २०८०, बुधबार १२:२२

Leave a Reply