No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य बढ्यो

0

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेल/मट्टीतलेको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।

त्यस्तै निगमले एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १५ रुपैयाँले बढाएको छ । अब ग्यासको मूल्य प्रतिसिलिन्डर १,९१० रुपैयाँ पुगेको छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट आज मूल्य बढेर आएपछि नेपाली बजारमा पनि बढाइएको जनाएको छ ।

प्रकाशित: १७ माघ २०८०, बुधबार १५:४९

Leave a Reply