No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेप्सेमा ३० अंकको गिरावट

0

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार उच्च अंकको गिरावट आएको छ ।साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा कायम भएको हो । सेन्सेटिभ इण्डेक्स १.२४ प्रतिशतले घटेर ३७३.९३ विन्दुमा झरेको छ ।

आज फाइनान्सबाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक २.३५ प्रतिशतले घटेको छ भने अन्य समूहको उपसूचक २ प्रतिशत, माइक्रोफाइनान्स समूह १.४७ प्रतिशत र इन्भेस्टमेन्ट समूहको उपसूचक १.२९ प्रतिशतले घटेको छ ।

बैंकिङ समूह १ प्रतिशभन्दा धेरैले घटेको छ । नेप्सेका अन्य परिसूचक ऋणात्मक रहे पनि फाइनान्स समूह भने ०.२१ प्रतिशतले बढेको छ । आज एक करोड १५ लाख १४ हजार कित्ता सेयर चार अर्ब १८ करोड ६ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा आज पनि हिमालयन रिइन्स्योरेन्स अगाडि रह्यो ।

उक्त कम्पनीको ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेयर कारोबारमा प्रति कित्ता अन्तिम मूल्य ६ सय ९५ रुपैयाँ १० पैसा रहेको छ ।
यस्तै दोस्रो स्थानमा रहेको ज्ञादी ग्रुप अफ पावरको १४ करोड ९१ लाख र नेपाल रिइन्स्योरेन्सको १४ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १९ वटाको सेयर मूल्यमा बढोत्तरी छ भने २ सय २६ वटाको घटेको छ । एउटा कम्पनीको मात्रै सेयर मूल्य स्थिर रह्यो ।

प्रकाशित: १८ माघ २०८०, बिहीबार १०:५३

Leave a Reply