No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विचरा ‘जनयुद्ध दिवस’ !

0

जेपी गुप्ता ।

संघीयताको समाप्ति संविधानबाट प्रादेशिक संरचनाको खारेजीबाट मात्र हुने छैन। त्यो त शायद अन्तिम परिणाम हुनेछ । त्यसअघि गणतन्त्र समाप्त गरिनेछ । स्वभाविक हो, गणतन्त्रको विकल्प राजाको रूपमा राजतन्त्रको पुनर्स्थापन नै हो । खै कसको नालायकीले हो–यस निम्ति सशक्त जनमत नै बन्दै गएको छ। नागनाथ रोज्ने कि शेषनाथ–दिक्दार हुँदै गएको गणतन्त्रको जनमत शेषनाथ नै भए बरू ठिकको आत्मघाती बाटोतिर लाग्ने सोच्न लागेको देखिन्छ ।

राजा कहीँका हुन्–त्यो एक्लो हिँडदैनन् । यसको अर्थ, राजासँग कमल थापा–राजेन्द्र लिड्देनहरू वा धवल शम्सेर अथवा पुराना मंडलेहरू अघिपछि हिँड्नु होइन । राजासँग–राजाको धर्म हिँड्छ । राजाको भाषा हिँड्छ । राजाको भेषभुषा हिँड्छ । अभिजात्यहरूको शासन संरचना हिँड्छ । हामी यसरी पनि भन्न सक्छौं–राज्यको धर्म पुनः हिन्दू हुनेछ । नेपाली मात्र औपचारिक भाषामा पुनरूत्थान हुनेछ । खस–आर्यको पहिरन फेरि मुलुकको एक मात्र औपचारिक पोशाक हुनेछ। यसो भयो भने मेरो विचारमा त्यो प्रतिगमन हुनेछ। मुलुक प्रतिगमनमा गएको हुन्छ। यसमा अरूको फरक मत होला ।

त्यसपछि खोज्न पर्ने हुन्छ कि–राज्यको रूपान्तरण कता गयो ? अब संघीयता रह्यो र ? यसलाई रोक्न सकिएन भने क्रमिक क्षीकरणको आधारमा, एक एक बिषयको प्रतिस्थापन हुँदै संघीयता समाप्त हुनेछ । यद्यपि वर्तमानलाई यसबारे कुनै चिन्ता छैन । गए जाओस् भन्ने वर्तमानको मनस्थिति छ। किनभने मुलुकको वर्तमान कृतघ्न छ । आफ्ना सबै आन्दोलनहरूकाप्रति, अतितका सबै उपलब्धिहरूका प्रति कृतघ्न छ। तितो सत्य यही नै हो । कमिलाहरूको ताँतीका एक एक कमिलाले हात्तीका एक एक अंग बोक्दै लगिरहेको छ । चेतनशील भनिने समाज एउटो खुट्टाको पतनलाई, तीन वटा खुट्टो त तैपनि बाँकी छ भनेर बसेको छ । विचरा ‘जनयुद्ध दिवस’ !

 

प्रकाशित: २४ माघ २०८०, बुधबार ०३:३९

Leave a Reply