No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बालबालिकाको शारीरिक स्वास्थमात्र मात्र नभई दिमाग पनि ध्वस्त पारिएको छ

0

डा. युवराज संग्रौला ।

१. घरमा नानीहरुले खाने खाना ‘जंक फुड’, जस्तै नानाथरीका त्यान्द्रा (नुडल) हुन् । आमाहरूलाई थाहा छैन, यो रसायनयुक्त नुडल बालबालिकाको स्वास्थका लागी कति हानिकारक छ । राज्यले यस्ता खाना किन बजारमा ल्याएको हो ?

२. घरबाट बालबालिका स्कुल जान्छन् । उनलाई  मातृभाषा सिकाउने शिक्षक छैन । स्कुल पसे देखि ‘गुड मर्निङ्ग, टेक केयर, हाउ आर यु’ भनिन्छ । बच्चाको कलिलो मगजमा ‘अंग्रेजी भाषा, विदेशी संस्कृति, विदेशी खाना, र अनुहारको पश्चिमी रंङ्ग’ उत्तम र आफ्नो अनुहार, भाषा र बाबुआमाको संस्कृति घृणित भन्ने ‘भाष्य’ भरिन्छ । र, नेपाली वा मातृभाषा बोल्ने बच्चालाई सजाय हुन्छ। स्वास्थसँगै संस्कृति र भाषा पनि भत्कियो।

३. स्कुलमा ससाना नानीलाई जोडी बाँधेर ‘भग्ने भागाउने’ गीतमा नचाएर ‘महिला पुरुषका खेल हुन्’ भने भाष्य बालबालिका दिमागमा हालिन्छ । उनीहरुका दिमागमा वलात प्रेमको आकर्षण भरिन्छ । गीत र नाचबाट बालबालिका दिमागमा देशभक्ति र इतिहास प्रतिको गौरवको बीउ उम्रिन पनि दिइँदैन ।

यसरी बालबालिकाको शारीरिक स्वास्थमात्र ध्वस्त पारिएको छैन, दिमागपनि ध्वस्त पारिएको छ । अर्थात् ‘नेपाली बालबालिका र युवाको ‘चिन्तन–मन्थन (कग्नीसन) बिग्रह’ गरिएको छ। यो खेलको मूल जरो गहिरो छ । नेपाललाई आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गर्न बन्चित गर्ने गहिरो खेल यसको भित्रपट्टी छ ।

प्रकाशित: २९ माघ २०८०, सोमबार ०४:४२

Leave a Reply