No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजार ३० अंकले गिरावट

0

काठमाडौं । सोमबार १५ अङ्कले बढेको शेयर बजार नेप्से मंगलबार उच्च अंकले ओरालो लागेको छ । मंगलबार नेप्से ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज गुराँस लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल, समाज लघुवित्त र सुपर माई हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज एक करोड २१ लाख कित्ता शेयर चार अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित: १ फाल्गुन २०८०, मंगलवार १०:०४

Leave a Reply