No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल कुवेतलाई हराउँदै एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

0

काठमाडौं । नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी खेलमा बुधबार कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । कुवेतले दिएको ५० रनको लक्ष्य नेपालले ३१ बल अगावै पूरा गर्यो । कप्तान इन्दु वर्मा २२ र कविता जोशी ४ रनमा अविजित रहे ।

सीता रानामगर १७ र कविता कुवर १ रनमा आउट भइन् । यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो । कुवेतलाई सस्तोमा रोक्न नेपालकी सीता रानामगरले ह्याट्रिक विकेट लिइन् । रुविना क्षेत्री र कविता कुवरले २–२ विकेट लिए ।

प्रकाशित: २ फाल्गुन २०८०, बुधबार ०८:४९

Leave a Reply