No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आगामी आर्थिक वर्ष १८ खर्बको बजेट आउने

0

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट आउने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी वर्षका लागि १८ खर्बको सीमाभित्र रहेर बजेट सिलिङ भएको जानकारी गराएका हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्बको बजेट सिलिङ निर्धारण गरेको हो । अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को बजेटको आधार नघटाएको बताए। उनले संभव भएजति खर्च गर्न कोशिस गर्ने बताए।

मन्त्री महतले चालु आर्थिक वर्षको बजेट कटौती नभएको पनि बताए । संसदले पारित गरेको बजेट अर्थ मन्त्रालय एक्लैले कटौटी गर्न नसक्ने उनको भनाइ थियो । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षाले खर्चको अनुमान घट्ने देखाएको भन्दै त्यसलाई बजेट घटेको अर्थमा लिन नहुने उनको भनाइ थियो ।

प्रकाशित: ४ फाल्गुन २०८०, शुक्रबार ०५:४६

Leave a Reply