No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बुटवलको सुप्रिम सहकारीका अध्यक्ष पक्राउ

0

बुटवल । बचतकर्ताको सवा एक अर्ब हाराहारी रकम हिनामिना गरेको बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डेयलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले लुम्बिनी प्रदेशको सहकारी रजिष्टार कार्यालयको प्रतिवेदन र बचतकर्ताहरुको उजुरीपछि अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेयलाई पक्राउ गरेको जानकारी दिए ।

अध्यक्ष गुरुङलाई बिहीबार र पाण्डेयलाई शुक्रवार पक्राउ गरि अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए । रुपन्देहीलगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना गरि विगत एकवर्षदेखि संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक जीबी राई सम्पर्कबिहीन छन् । राईविरुद्ध इन्टरपोलले रेडकर्नर नोटिस जारी गरिसकेको छ ।

प्रकाशित: ४ फाल्गुन २०८०, शुक्रबार १७:३५

Leave a Reply