No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेदरल्याण्डबाट नेपाललाई १३८ रनको लक्ष्य

0

काठमाडौं । आइसीसी लिग २ अन्तर्गत नेदरल्याण्डविरुद्धको खेलमा नेपालले नेदरल्याण्डबाट १३८ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड ३९ ओभरमा १३७ रनमा समेटियो । नेदरल्याण्डलाई सस्तैम समेट्न नेपालका कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए ।

कुशलले सात ओभर बलिङ गर्दा २० रन खर्चेर चार विकेट लिए । त्यस्तै ललित नारायण राजवंशीले तथा रोहित पौडेल र सोमपाल कामी एक एक विकेट लिए । नेदरल्याण्डका दुई खेलाडी रन आउट भएका थिए । नेदरल्याण्डका लागि कप्तान स्कट इडवार्डसले सर्वाधिक ३३ रन जोडे ।

त्यस्तै ब्रास डि लिइडेले २७ सिब्रान्ड इंग्लब्रेक्टले २३ रनको योगदान गरे । नोह क्रोशले १२ रन जोड्दा आर्यन दत्तले १० रनको योगदान गरे । त्यस्तै केयल क्लेन ११ रनमा अविजित रहे । नेपालले लिग २ अन्तर्गतको पहिलो खेलमा नामिवियासँग ४ विकेटको पराजय बेहोरेको थियो ।

प्रकाशित: ५ फाल्गुन २०८०, शनिबार ०६:५९

Leave a Reply