No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोशीका नवनियुक्त मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिए शपथ

0

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ गराएका हुन् ।

त्यसैगरी नेकपा एमालेका सांसद राम राना र माओवादी सांसद गणेश उप्रेतीले पनि बिनाविभागीय मन्त्रीको शपथ लिएका छन् । बिहीबार बिहान संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित: २७ बैशाख २०८१, बिहीबार १३:००

Leave a Reply