No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लिग-२ को दोस्रो खेलमा नेदरल्यान्ड्समाथि नेपालको शानदार जित

0

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि शानदार जित निकालेको छ । शनिबार दिउँसो भएको खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै नेपालले सिरिजमा पहिलो जित निकालेको हो ।

जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा १ सय ४१ रन बनाउँदै लक्ष्य भेट्टाएको हो ।

नेपालको लागि आसिफ शेख र अनिल शाहले अर्धसतक पूरा गरे । अनिलले ३६ बलमा ६ चौका र ४ छक्काको मद्दतमा ५७ रन बनाए । यस्तै आसिफ शेखले ५४ रन जोडे । उनले ४५ बलमा ८ चौका र एक छक्का प्रहार गरे । यस्तै कुशल भुर्तेलले २८ रनको योगदान गरे ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन बनाएको थियो । नेदरल्यान्ड्सको लागि कप्तान स्कट इडवार्डले सर्वाधिक ३३ रन बनाए । यस्तै बास डी लेडीले २७, स्याब्राण्ड एन्गलब्रेच्टले २३, नोह क्रोएसले १२, क्यले क्लेइन ११ तथा म्याक्स ओडोव्ड र आर्यन दत्तले समान १०/१० रन बनाए ।

नेपालको लागि कुशल भुर्तेलले ७ ओभरमा २० रन दिएर ४ विकेट लिए । यस्तै ललित राजवंशीले दुई त्ताहा सोमपला कामी र रोहित पौडेलले समान एक/एक विकेट लिए ।

जितसँगै नेपालले दुई खेलबाट दुई अंक जोडेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।

प्रकाशित: ५ फाल्गुन २०८०, शनिबार ०८:०८

Leave a Reply