No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजारमा २७ अंकको गिरावट

0

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । आइतबार नेप्से २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स ०.९१ प्रतिशतले घटेर ३६५.२० विन्दुमा अडिएको छ ।

आज ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीयको सेयर १० प्रतिशतले बढेको हो । सामलिङ पावरका लगानीकर्ताले यसदिन गुमाए। सो कम्पनीको मूल्य ८.२१ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा यसदिन हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो।

सो कम्पनीको ४० करोड मूल्य बराबरको सेयर कारोबार भयो । यसैगरी एनआईसी एसिया बैंकले १३ करोड,जोशी हाइड्रोपावरले १० करोड,सगरमाथा जलविद्युतले ९ करोड र युनियन हाइड्रोपावरले ७ करोड मूल्य बराबरको सेयर कारोबार गरे ।

प्रकाशित: ६ फाल्गुन २०८०, आईतवार ०९:४१

Leave a Reply