No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्र बैंक अगाडि लघुवित्त पीडितहरुको प्रदर्शन

0

काठमाडौँ । मिटरब्याज र लघुवित्त पीडितहरुले बालुवाटारस्थित राष्ट्र बैंकमा धर्ना दिएका छन् । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालको अगुवाईमा देशका विभिन्न स्थानबाट काठमाडौं आएका पीडितहरुले बुधबार सिफलबाट मार्चपास गर्दै बालुवाटार पुगेर धर्ना दिएका हुन् । त्यसक्रममा उनीहरुले लघुवित्तले मिटरब्याजको ऋणमा फसाएको भन्दै लघुवित्त र वित्तिय संस्था खारेज गर्न माग गरेका थिए ।

संघर्ष समितिले सामूहिक ऋण मिनाहा गर, समाजवादी अर्थतन्त्रको विकास गर, कालोसूची तथा धितो लिलाम फुकुवा गर, आम गरिव किसानलाई निःशुल्क ऋणको व्यवस्था गर लगायतका नौ बुदे माग अघि सारेका छन् ।

लघुवित्त पीडितले आफ्ना मागहरु राज्यले सुन्नुपर्ने भन्दै मागको सुनुवाइ नभएसम्म नफर्किने चेतावनी दिएका छन् । तीन वर्षदेखि सरकारले आश्वासन दिएपनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ ।

प्रकाशित: ९ फाल्गुन २०८०, बुधबार १०:११

Leave a Reply