No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल ए विरुद्धको सिरिज क्यानडालाई

0

काठमाडौ । नेपाल ए विरुद्धको तीन एक दिवसीय खेलको सिरिज क्यानडा ११ ले जितेको छ । बिहीबार अन्तिम तथा निणार्यक खेलमा नेपाल ए लाई ४ विकेटले पराजित गर्दै सिरिजमा क्यानडा ११ ले २–१ ले जितेको हो ।

सिरिज जित्न नेपाल ए ले दिएको १८२ रनको लक्ष्य क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो । क्यानडाको लागि निकोलस किर्तोनले सबैभनदा धेरै ७१ रन बनाए । नेपालका साहब आलमले ४ विकेट लिए भने शेर मल्ल र बसिर अहमदको नाममा एक एक विकेट रह्यो ।

यसअघि मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६.६ ओभरमा सबै विकेट गुमाएर १८१ रन बनाएको थियो । नेपालका लागि अर्जुन कुमालले २७ रन, बसिर अहमदले २४, सन्दीप जोराले २४ रन जोडेका थिए । सुजन थपलियाले २० रन, रासिद खान र प्रतिश जीसी समान १९ १९ रन बनाएका थिए । क्यानडाका निकोलस किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २ र २ विकेट लिएका थिए ।

प्रकाशित: १० फाल्गुन २०८०, बिहीबार १०:२२

Leave a Reply