No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सन्दीपले जेल बाहिर रहेर मुद्दा लड्न पाउने

0

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने जेल बाहिर रहेर मुद्दा लड्न पाउने भएका छन् । बिहीबार उनले दिएको पुनरावेदन निवेदन दर्ता गर्दै उच्च अदालत पाटनले उनलाई थुनाबाहिरै रहेर मुद्दा लड्न सुविधा दिएको हो। उच्चले उनले जिल्ला अदालतमा राखेको २० लाख धरौटीले नै खाम्ने भन्दै यो सुविधा दिएको हो ।

उच्च अदालतले यो सुविधा दिएसँगै अब सन्दीप लामिछाने उच्च अदालतबाट फैसला नभएसम्मका लागि जेलमा बस्नु नपर्ने भएको छ । बलात्कार मुद्दामा ८ वर्ष कैदको फैसला बदर गर्न माग गर्दै सन्दीपले बिहीबार निवेदन दिएका थिए।

उच्चले उनलाई सुविधा प्रदान गर्ने विषयमा दिने निर्णय गरेको हो । जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको थियो। उक्त फैसला बदर गरी सफाइको माग गर्दै उच्च अदालतमा निवेदन दिएका हुन् ।

प्रकाशित: १० फाल्गुन २०८०, बिहीबार १३:२०

Leave a Reply