No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

केपी ओली कपः केपी एफसीद्वारा चर्च ब्वाइज पराजित

0

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब (केपी एफसी) ले चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको छ । शुक्रबार एन्फा कम्लेक्समा सातदोबाटोमा भएको खेलमा केपी एफसीले चर्च ब्वाइजलाई ३– ० गोल अन्तरले पराजित गरेको हो । केपी एफसीका लागि जय गुरुङले २ तथा फोडे फोफानाले एक गोल गरेका थिए ।

यो जितपछि अब केपी एफसीले फागुन १५ गते जावलाखेल युथ क्लबसँग खेल्ने छ । त्यसैगरी प्रतियोगितामा आइतबार एनआरटी र थ्रीस्टार तथा त्रिभुवन आर्मी र नेपाल पुलिसबीच गरी दुई खेल हुनेछन् ।

प्रकाशित: ११ फाल्गुन २०८०, शुक्रबार १२:०८

Leave a Reply