No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मैले बुझेको राष्ट्रवाद

0

-प्रेम चौलागाईं
मैले जुन बेलादेखि आफूलाई राजनीतिमा चासो राखें त्यही बेलादेखि आफूलाई राष्ट्रवादी हुँ भन्न थालें । मेरो लागि राष्ट्रवाद भन्ने सोच ज्यादै साँघुरो घेरा भित्र रहेछ भन्ने कुरा आज आएर बुझदैछु । नेपाली राष्ट्रियता सामाजिक राष्ट्रवादमा अडेको छ रहेछ भन्ने कुरा बल्ल बुझ्दैछु ।

नेपाली श्रमजीवी वर्गले राजनैतिक पार्टीको लागि लडे तर आफ्नो लागि कहिल्यै लडेनन् । आफ्नो हक लिन विदेशीको सहयोग र सल्लाह कहिल्यै चाहिँदैन भन्नेसम्म थाहा छैन। नेपालमा श्रमजीवीहरूले सुविधा खोज्दछन् तर अधिकार कहिल्यै खोजेनन् । यिनीहरुलाई सुविधा भनेको अधिकार होइन भन्ने थाहा समेत छैन । यो वर्गलाई राष्ट्रियतासँग जोड्ने काम कसैले गरेन ।

गरीबको सम्पति भनेको उसको पसिना हो । धनीहरुको सम्पती भनेको जमिन र पुँजी हुन्छ । राष्ट्रियता र गरीबको पसिनाको नाता धेरै मजबुद हुन्छ । तर यो वर्ग सबै पेशवार राजनीतिकर्मीबाटै हेपिने र पेलिने हुँदा यो वर्गले आफूलाई सधैं जोगाउनु पर्दथ्यो। त्यो नेपालमा कहिल्यै भएन ।

तसर्थ सामाजिक समाजवादी व्यवस्थाले मात्र श्रमको मूल्य निर्धारण गर्दछ । त्यसको निम्ति हाम्रो जस्तो सामाजिक Cultural Diversity  भएको देशमा सामाजिक राष्ट्रवादको परिभाषा भित्र आफूलाई खोज्न सक्नुपर्दो रहेछ भन्ने कुरा बुझ्दै जाँदै छु।

यो लेखको निचोड भनेको राष्ट्रवाद कुनै राजनैतिक दलको एजेण्डा होइन राष्ट्रवादी नै पार्टी बनाउनु पर्ने रहेछ त्यति मात्र होइन किसान र मजदुरहरु पार्टीको भातृ संगठनमा होइन किसान मजदुरहरु आफैंले राष्ट्रवादी पार्टी बनाउनु पर्दो रहेछ तर त्यस्तो पार्टीमा प्रजातन्त्र, मानवअधिकार आर्थिक स्वतन्त्रता र सामाजिक राष्ट्रवाद भएन भने त्यो निष्प्रण लास हुनेछ । अनि कहिल्यै आकार लिन सक्दैन ।

आकृति र आकार विनाको विचार ले अधिकार पाए पनि चिप्लेकिरा जसले हिँड्दा हिँड्दै आफूलाई सक्दछ । मेरो विचारमा आफू राष्ट्रवादी हुने तर अरुलाई राष्ट्रवादीको परिभाषामा समेट्न नसक्ने र पुँजी बजार र श्रम बजारको सही ढंगले मूल्य दिन नचाहने वा दिन नसक्नेले बुझेको राष्ट्रवाद बहुराष्ट्रवाद हो जसले सिङ्गो राष्ट्रियतालाई खरानी बनाउन सक्दछ । नेपालमा यस्तो खाले राष्ट्रियतालाई वावुराम मार्का भनिन्छ ।

म चाहन्छु सिङ्गो सामाजिक राष्ट्रियता नै नेपाली राष्ट्रवाद हो । जसको आकार भित्र यि कुरा अटाउन सकिन्छ । यो नै राष्ट्रवादीहरुको राजनैतिक र वैचारिक धरातल हो जस्तो लाग्छ । राष्ट्रवादीहरुले यो वर्गलाई एकाकार गर्न किन ढिलो गर्ने ? अधिनायकवादी ले यो शक्तिलाई आफ्नो पक्षमा दुरुयोग गर्न सक्दछन् । विचार गरेर अगाडि बढे हुन्न ?

प्रेम चौलागाईं
सल्लाहकार, अन्तर्राष्ट्रिय समन्वय समिति पानस ( आईसीसी ) राप्रपा, हाल अमेरिका

 

प्रकाशित: १४ फाल्गुन २०८०, सोमबार ०२:३१

Leave a Reply