No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजारमा १३ अंकको बृद्धि

0

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा कायम भएको हो । सेन्सेटिभ इण्डेक्स ०.६० प्रतिशतले बढेर ३५५.९७ विन्दुमा बन्द भएको छ।

नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम आइतबारको तुलनामा घटेको छ । आज ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो दिन ३ अर्ब ८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था,नेपाल वेयर हाउजिङ कम्पनी,सोनापुर मिनरल्स र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था कमाउने पाँच कम्पनीभित्र परे ।

त्यस्तै, समाज लघुवित्त वित्तीयका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ७१ लाख ८० हजार २२९ रुपैयाँको सेयर कारोबार भयो ।

प्रकाशित: १४ फाल्गुन २०८०, सोमबार ०९:४९

Leave a Reply