No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेदरल्याण्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

0

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेटमा नेदरल्याण्ड्सले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १८४ रन बनायो ।

नेपालले सुरुमै विकेट लिएर नेदरल्याण्ड्समाथि दबाब बढाए पनि आजै डेब्यु गरेको मिचेल लेभिटले ३६ बलमा ५४ रनको अधर्शतकीय पारि खेल्दै टिमलाई सम्हालेका थिए ।

उनले तीन छक्का र पाँच चौका प्रहार गरे । यसैगरी सेब्रान्ड एंगलब्रेच्टले ४९ रनको नटआउट पारि खेल्दा नेपालविरुद्ध बलियो स्कोर बनाउन सफल भयो । तेजा निदामनुले ३१ रन बनाएर रनआउट भए ।

उनी अन्तिम बलमा आउट हुँदा नेदरल्याण्ड्सले ४ विकेट गुमाएर १८४ रन बनायो । नेपालका करण केसी र कुशल मल्ले एक एक विकेट लिँदा २ विकेट रनआउटको रुपमा नेदरल्याण्ड्सले गुमाएको थियो ।

प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार ०७:३१

Leave a Reply