No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

टी–२० सिरिजको अन्तिम खेलमा नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित

0

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको हो ।

यससँगै ५ खेलको सिरिज नेपालले ३–२ ले गुमाएको छ । बिहीबार भएको खेलमा नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज ‘ए’ को उपाधि पक्का भएको थियो । वेस्ट इन्डिज ‘ए’ ले दिएको १७६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि अनिल साह र आसिफ शेखले अर्धशतकीय पारी खेले ।

अनिलले ४५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५८ रनको योगदान गरे। आसिफले भने ३५ बलमा २ चौका र ५ छक्का प्रहार गरे। दीपन्द्रे सिंह ऐरी ५ ।

कुशल भूर्तेल भने १३ रनमा आउट भए । कुशल मल्ल र रनमा अविजित रहे । वेस्ट इन्डिज ‘ए’ का लागि ओबेद म्याककोइले ३ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।

प्रकाशित: २२ बैशाख २०८१, शनिबार ०९:४९

Leave a Reply