No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाललाई पराजित गर्दै नेदरल्यान्ड्सलाई टी–२० सिरिजको उपाधि

0

काठमाडौँ । नेदरल्यान्ड्सले घरेलु टोली नेपाललाई पराजित गर्दै त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको उपाधि जितेको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । नेदरल्यान्ड्सको जितमा माइकल लेभिट र म्याक्स ओडोउड पहिलो विकेटको लागि ८२ रनको साँझेलारी गरेका थिए।

लेभिट ५४ रनमा आउट भए। साइब्रान्ड एङ्गलब्रेख्त ४७ रन बनाए । यस्तै बिक्रमजित सिंहले २९ रन, म्याक्स ओडोउड २२ रन बनाए । नेपालका लागि कुशल मल्ले ४, अबिनाश बोरा र दीपेन्द्र सिंह ऐरीले समान १र१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलत सिरिजमा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको थियो । नेपालले ४ खेलमा २ जित २ हार बेहोरेको थियो । नेदरल्यान्ड्स २ जित १ हार र एक खेल नतिजा विहीन हुँदै ५ अंकको साथ शीर्ष स्थानमा रहेर फाइनलको यात्रा तय गरेको थियो ।

प्रकाशित: २२ फाल्गुन २०८०, मंगलवार ०९:१५

Leave a Reply