No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीलाई बाबुरामको प्रश्नः अर्कोलाई चिढ्याउँदा देशको सार्वभौमिकताको रक्षा हुन्छ कि खतरामा पर्छ ?

0

डा. बाबुराम भट्टराई ।
‘धूल चेहरे पर थी और मैं आइना साफ करता रहा’! गालीबको यो चर्चित कवितांश झैं हाम्रा प्रधानमन्त्री राम्रो परिणाम आएन भनेर पटकपटक गठबन्धन र मन्त्रीहरू फेरिरहनु भएको छ । तर आफ्नो आधारभूत सोच, नीति कार्यक्रम, प्राथमिकता र कार्यशैलीमा पो त्रुटी छ कि भन्नेतिर पटक्कै ध्यान दिएको देखिन्न । उल्टै गर्वसाथ घोषणा गर्नुहुन्छ– म बाँचुन्जेल देशमा उथलपुथल भइरहन्छ रे ! अग्रगामी कि पश्चगामी उथलपुथल ? परिणामविहीन अस्थीरता र त्यसले ल्याउने आर्थिक संकट, युवा पलायन, बाहिरी चलखेल आदि गर्व गर्नलायक कुरा हो ?

जनयुद्धका सर्वोच्च कमाण्डरले पटपटक प्रधानमन्त्री हुँदा शान्ति प्रकृया पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्दैन ? शान्ति प्रक्रियाका प्रमुख हिस्सेदार कांग्रेस र एमाले र तीसँग जोडिएका शक्तिकेन्द्रहरू सबैलाई साथ लिएर शान्तिप्रक्रिया टुंगिन्छ कि आफ्नो कुर्सीकाल लम्ब्याउन कहिले कोसँग कहिले कोसँग टाँसिने र अर्कोलाई धोका दिने तरिकाले टुंगिन्छ ?

संवेदनशील भूराजनीतिक द्वन्द्व बढ्दै गैरहेको बेला मूलतः तीन प्रमुख बाह्य शक्तिवीच सन्तुलन मिलाउनु सट्टा आफ्नो लहड वा निजी स्वार्थमा कहिले कोसँग कहिले अर्कोसँग टाँसिने र अर्कोलाई चिढ्याउने तरिकाले देशको सार्वभौमिकता÷स्वाधीनताको रक्षा हुन्छ कि खतरामा पर्छ ? लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ दश बल्ड्याङ नहोस् !

प्रकाशित: २४ फाल्गुन २०८०, बिहीबार ०२:३७

Leave a Reply