No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य

0

काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण टी–२० खेलमा नेपालले २१३ रनको लक्ष्य पाएको छ । टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनायो । हङकङका लागि हङकङका बाबर हयातले ४६ बलको सामना गर्दै उत्कृष्ट शतकीय पारी खेले। उनले रहँदै ४९ बलमा ११० रन बनाए ।

हङहङका लागि अनसे राथले ३९, मार्टिन कटेजले ३१ तथा अजिज खानले २१ रन बनाए । यता नेपालका लागि टी–२० आई डेभ्यू खेलमै आकाश चन्दले तीन विकेट लिए। तीन भर बलिङ गरेका चन्दले २७ रन खर्चिँदै तीन विकेट लिएका हुन्। यस्तै प्रतिश जिसी, आरिफ शेख र रासिद खानले एक/एक विकेट लिए।

प्रकाशित: २६ फाल्गुन २०८०, शनिबार ०७:४४

Leave a Reply