No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द

0

काठमाडौं । हङकङमा आजदेखि सुरु त्रिकोणात्मक टी २० आईको पहिलो खेलमा घरेलु टोली र नेपालबीचको खेल रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले १/१ अंक पाएका छन् ।

हङकङमा वर्षाका कारण प्रभावित खेलमा घरेलु टोलीले टस हारेर ब्याटिङ गरेकोमा ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाउँदा खेल रोकिएको थियो । वर्षाका कारण खेल पुनः सुरु हुन नसकेपछि नेपाल र हङकङले अंक बाँडेका हुन् । त्यसअघि हङकङका लागि अंशुमन रथले २४ बलमा ४ चौका र १ छक्काको सहयोगमा अविजित ३६ रन बनाए ।

कप्तान निजाकत खानले २० बलमा २५ रन बनाए। बाबर हायात ३ रनमा अविजित रहे । नेपालका लागि करण केसीले ईनिङका पहिलो बलमा नै ओपनर मार्टिन कोट्जेलाई आउट गराएका थिए।

अर्का ओपनर निजाकत खानलाई गुलसन झाको बलमा आउट भएका थिए। सिरिजको दोस्रो खेलमा मंगलबार नेपालले पपुवा न्युगिनीको सामना गर्ने छ । समूह चरणका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

मार्च १३ अर्थात फागुन ३० मा सिरिजको फाइनल खेल हुनेछ। फाइनलमा स्थान बनाउँन नसकेको टोलीले तेस्रो स्थानको लागि हङकङ ए सँग खेल्नेछ। मार्च १३ अर्थात फागुन ३० मा तेस्रो स्थानको लागि खेल हुनेछ । नेपालले एसीसी प्रिमियर कप तथा विश्वकप तयारीका लागि सिरिजमा सहभागीता जनाउदै छ। नेपाल र पीएनजीले यस वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकपमा सहभागीता जनाउदै छन्।

प्रकाशित: २७ फाल्गुन २०८०, आईतवार ०८:३४

Leave a Reply