No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एन्फालाई राखेपको २४ घण्टे स्पटीकरण

0

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ(एन्फा)लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । परिषदले बिहीबार एन्फालाई पत्र लेख्दै विश्वकप छनोट खेल्न जाने टिमले राखेपबाट स्वीकृत लिन नपर्नुको कारण कारण पेश गर्न भन्दै स्पष्टीकरण सोधेको हो ।

राखेपले पत्र प्राप्त भएको २४ घण्टाभित्र यससम्बन्धी यथार्थ विवरण र कागजातहरु परिषदमा पेश गर्न भनेको छ । खेलकुद ऐन अनुसार राखेपसँग स्वीकृत नलिई अनावश्यक व्यक्तिलाई विदेश पठाएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले एन्फालाई कारबाही गर्न राखेपलाई निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार राखेपले एन्फासँग स्पष्टीकरण सोधेको हो । बहराईनमा आयोजना हुने फिफा विश्वकप २०२६ फुटबल छनौट प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन नेपाली टोली मलेशिया प्रस्थान गरेको थियो । राष्ट्रिय टीमसँग मलेसिया गएको नेपाली टोलीमा एन्फाका उपाध्यक्षसहित १० जना सदस्य अफिसियल बनेर गएका मलेसिया उडेका थिए ।

प्रकाशित: २ चैत्र २०८०, शुक्रबार ०२:४२

Leave a Reply