No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कालान्तरमा यसको शिकार प्रचण्डहरुलाई बनाइने सम्भावना प्रवल छ

0

ऋषि कट्टेल ।
अचेल नेपालमा सरकार परिवर्तनको निकै हल्ला छ । एकथरि लुटन्त्रबाट बाहिरिनु पर्दा निकै आक्रोशित देखिन्छन् भने अर्काथरीले प्रवेश पाएर निकै गदगद छन् । बाहिर रहेका मानिसहरु र आमसंचार जगतमा सम्प्रेषित खबरहरुमा कोही पनि यो परिवर्तनलाई आन्तरिक मान्न तयार देखिदैनन् । धेरैजसो चीनले बनाइदिएको भन्दैछन् भने कतिपय विश्लेषक भनिनेहरु अमेरिका नेपालको सत्ता संचालनमा हावी भएको र भारत कमजोर हुँदै गएको भाष्य तयार गर्दैछन् । केही राजनीतिक विश्लेषकहरु काँग्रेसमा नेतृत्व परिवर्तनको लागि तयार गरिएको योजनाको रुपमा लिन्छन् र काँग्रेस माओवादीबीच अरु दूरी बढाएर माओवादी सिध्याउने प्रपञ्चको रुपमा लिन्छन् । अर्को पक्ष यो गठबन्धन कायम राख्दा सत्ताभित्र माओवादी बलियो बन्दै जाने र बाहिर एमाले बलियो बन्दै जाने हुँदा प्रतिक्रियावादी राज्य सत्ता भित्रको शक्ति सन्तुलन बिग्रने देखेर पनि यो कदम चाल्न लगाएको सम्भावना अलि बलियो छ ।

जेहोस् रुपमा जेजस्तो देखिपनि सारमा यो सत्ता परिघटनामा बाह्य शक्तिको मुख्य हात छ र कालान्तरमा यसको शिकार प्रचण्डहरुलाई बनाइने सम्भावना प्रवल छ । यसका रहस्यहरु आउँदा दिनमा खुल्दै जाला । अहिले हेर्दा चार नेताको संयुक्त मोर्चा हो भन्नेकुरा चाहिँ प्रष्ट छ । ओलीमािथ ओम्नी, यति, गिरिबन्धु टि–स्टेटको आरोप छ । दाहाल जनमुक्तिसेना घोटाला, एनसेल, हतियार तस्करी, ल्यारकाल नियुक्ति, अकुत सम्पत्ति र परिवारवादमा लिप्त भएको प्रचारित छन् । माधव नेपाल बालुवाटार प्रकरणमा मुछिएका छन् भने रवि सहकारी घोटाला, कीर्ते पासपोर्टलगायतमा अदालतमा समेत मुद्दा विचाराधीन छन् । कथित लोकतान्त्रिक भनिएको व्यवस्थामा समेत अनियमितताको आरोप लागेकाहरु सत्तामा रहने नैतिक अधिकार राख्दैनन् । याहाँ त अभियुक्तहरु खुलेआम गठबन्धन बनाउँछन् अनि सत्ताको धाक दिन्छन् । यस्तो पनि लोकतन्त्र र कानुनीराज हुन्छ ?

 

 

प्रकाशित: २ चैत्र २०८०, शुक्रबार ०४:२४

Leave a Reply